रुकुम पूर्वमा महको उत्पादन दोब्बर वृद्धि

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौं, २४ पुस । रुकुम पूर्वमा यो वर्ष महको उत्पादन दोब्बरले वृद्धि भएको छ। यो वर्ष एक हजार ७०० मौरीका गोलाबाट १२ सय मेट्रिक टन मह उत्पादन भएको प्रारम्भिक अनुमान एकीकृत तथा पशुपन्छी विकास कार्यालय रुकुम पूर्व कार्यालयले गरेको छ।

गत वर्ष जिल्लामा १२ सय मौरीका गोलाबाट ६०० मेट्रिक टन मात्र मह उत्पादन भएको कार्यालय रुकुम पूर्वका कार्यालय प्रमुख पिताम्बर बस्नेतले जानकारी जानकारी दिए। अझै पनि किसानको मह निकाल्ने काम जारी रहेकाले उत्पादन बढ्ने उनले बताए ।

उत्पादित महको ८० प्रतिशत मात्र बिक्री भए एक करोड १५ लाख २० हजार जिल्लामा आम्दानी हुने कार्यालयले जनाएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्