प्रि-ओपन सेसनमा सामान्य अंकले नेप्से सूचक बढ्यो

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौ, २२ पुस । प्रि ओपन सेसनमा आइतबार नेप्से सूचक ०.६१अंकले वृद्धि भएको छ । नेप्से सुचक ०.६१ अंकले बढेर २०४९.९० विन्दुमा आएको छ । 

यो सेसनमा ३५ कम्पनीको भाउ बढ्दा १३ वटाको मूल्य घटेको छ भने बाँकी कम्पनीको भाउमा कुनैपनि परिवर्तन आएको छैन ।

यो सेसनमा ५१ कम्पनीको १४हजार ९ सय ७२ कित्ता सेयर कारोबार हुदाँ ५३ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । आइतबार यो सेसनमा कुल १२९ वटा कारोबार भएको हो । 

न्युज कारखाना
 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्