आगामी १२ बर्षभित्र २९ हजार मेगावाट राष्ट्रिय ग्रीडमा जोडिन्छः ऊर्जामन्त्री बस्नेत

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौं , २१ पुस ।   ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले आगामी १२ बर्षभित्र २९ हजार मेगावाट राष्ट्रिय ग्रीडमा जोड्ने गरि सरकारले काम गरिरहेको बताउनुभएको छ ।

शनिबार काठमाडौंमा नेपाल उद्योग व्यापार महासङ्घको दोस्रो साधारणसभा उद्घाटन गर्दै मन्त्री बस्नेतले मुलुकको ऊर्जा क्षेत्रमा अपेक्षित प्रगति देखिएको भन्दै आगामी १२ बर्षभित्र २९ हजार मेगावाट राष्ट्रिय ग्रीडमा जोड्ने गरि सरकारले काम गरिरहेको बताउनुभएको हो ।

त्यसका लागि सवस्टेशन, प्रसारण लाइन लगाएतका पूर्वाधारमा सरकारको ध्यान केन्द्रीत रहेको उहाले बताउनुभयो । मन्त्री बस्नेतले विधुत उत्पादनसंगै खतपबृद्धि गर्न मन्त्रिपरिषद्बाट कार्ययोजना समेत पारित भइसकेको जानकारी दिनुभयो । पछिल्लो एक वर्षमा पाँच सय मेगावाट बिजुली थप भएको र आगामी तीन महिनामा पाँच सय मेगावाट विद्युत थपिने उहाले बताउनुभयो ।

उहाले ७८ बर्षमा अढाई सय मेगावाटमात्रै उत्पादन भएपनि पछिल्लो १५ महिनामा एक हजार मेगावाट विधुत उत्पादन गर्न सफल भएको जिकिर गर्नुभयो ।

त्यस्तै मन्त्री बस्नेतले आर्थिक विकास र समृद्धिको दिशातर्फ अघि बढाउन नकारात्मक सोच नभई उत्साहका साथ अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्