मुलुकको अर्थतन्त्र लयमा फर्कदै गएको छः अर्थमन्त्री महत

खबर बुक
  • ख-
  • ख+

काठमाडौं , २१ पुस । अर्थमन्त्री डा प्रकाशशरण महतले मुलुकको अर्थतन्त्र लयमा फर्कदै गएको बताउनुभएको छ ।

शनिबार चितवनको नारायणगढमा उद्योग बाणिज्य सघ चितवनको ५७ बार्षिक साधारणसभा उद्घाटन गर्दै मन्त्री महतले घर जग्गाको कारोबार, सेयर बजारको अवस्थालाई हेर्दा अर्थतन्त्र बिस्तारै लयमा फर्कदै गएको सकेत देखिएको बताउनुभयो । उहाले अहिले देशमा विप्रेशण बढ्दै गएको र पर्यटक आगमन बृद्धि हुदै गएकाले नकारात्मक कुरा मात्रै नभई देशको यथार्थ कुरा बाहिर आउनुपर्ने धारणा राख्नुभयो ।

त्यस्तै उहाले मुलुकमा व्यापार व्यवसायहरु विस्तारै चलायमान हुदै गएको र लगानी पनि भित्रन थालेको दावी गर्नुभयो ।

कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले उद्योग बाणिज्य महासघको धेरै प्रयास पछि निजी क्षेत्रलाई सरकारले हेर्ने दृष्टिकोणमा फरक आएको बताउनु भयो । उहाले महासघको आग्रहमा गरीएको सर्बपक्षीय बहस र भेला पछि बित्तिय सस्थाहरुबाट लिएको कर्जाको ब्याज घटेको बताउनुभयो ।

सो अवसरमा उद्योग बाणिज्य संघद्वारा स्थापना गरिएकोे आर्थीक पत्रकारीता पुरस्कार पत्रकार सुर्य अधिकारी र सन्तुदेवी हिरालाल प्रधान युवा उद्यमी पुरस्कार युवा उद्यमी सन्दीप पौडेललाई प्रदान गरीएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्