ए टीम बनाउने क्यानको घोषणा

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौं, १९ पुस । नेपाल क्रिकेट संघ (क्यान) ले पहिलो पटक ए टीम बनाउने घोषणा गरेको छ । 

बिहिबार आयोजित कार्यक्रममा क्यानका सचिव पारस खड्काले ए टिम बनाउने घोषणा गरेका हुन् ।

उनले आगामी प्रधानमन्त्री कपपछि ए टीमको घोषणा गरिने बताए । 

टी-२० विश्वकपका लागि छनोट भएको क्यानडाले नेपालमा खेल्न इच्छा व्यक्त गरेको र आगामी फेब्रुअरीमा क्यानडा नेपाल आउने उनले जानकारी दिएका छन् ।

क्यानडासँग नेपालको ए टीमले कम्तीमा तीनवटा एक दिवसीय र टी-२० खेल्ने तयारी भइरहेको खड्काले जानकारी दिए ।

क्यानका म्यानेजर विनोद दासले यू- १९ टिममा खेलेर अनुभव बटुलेका तथा राष्ट्रिय टीममा राम्रो प्रदर्शन गर्न नसकेका खेलाडीहरुलाई समेटेर ए टिम बनाइने जानकारी दिएका छन् ।

न्युज कारखाना

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्