टेस्ट क्रिकेट: भारतविरुद्ध दक्षिण अफ्रिका ५५ रनमा अलआउट

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौँ, १८ पुस । भारतविरुद्धको दोस्रो टेस्टमा दक्षिण अफ्रिका ५५ रनमा अलआउट भएको छ ।

दोस्रो टेस्टमा टस जितेर पहिला ब्याटिंग गरेको दक्षिण अफ्रिकाले केवल २३.२ ओभरमा अल आउट हुदै ५५ रन मात्र बनाएको हो ।

दक्षिण अफ्रिकाका ब्याट्सम्यान कील भेरेयन्नेले सर्बाधिक १५ रन बनाए भने डेभिड बेडीङघमले १२ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । दक्षिण अफ्रिकालाई ५५ रनमा अल आउट गर्नेक्रममा भारतका बलर मोहमद सिराजले सर्बाधिक ६ विकेट लिएका थिए भने जसप्रित बमराह र मुकेश कुमारले २-२ विकेट लिएका थिए ।

टेस्ट क्रिकेटमा दक्षिण अफ्रिकाले एक इनिङमा बनाएको आठौँ सबैभन्दा कम टोटल हो । टेस्ट क्रिकेटको इतिहासमा दक्षिण अफ्रिका दुई पटक सबैभन्दा कम ३०-३० रनमा अलआउट भएको रेकर्ड रहेको छ । दुवै पटक नै इङ्ल्याण्डसँग ३०-३० रनमा अल आउट भएको थियो ।

२ खेलको जारी टेस्ट सिरिजमा दक्षिण अफ्रिका १-० ले अगाडी रहेको छ । पहिलो टेस्टमा दक्षिण अफ्रिकाले भारतलाई एक इनिंग र ३२ रनले पराजित गरेको थियो ।
   
    न्युज कारखाना

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्