ग्लोबल आईएमई बैंककाे १७ वर्ष पूरा, ५८ अर्ब कुल पुँजी, ११ सयभन्दा बढी केन्द्रबाट सेवा दिदै

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौं, १७ पुस । ग्लोबल आईएमई बैंक १७ वर्षमा ‘नम्बर वान’ बैंक बनेकाे छ ।

एक अर्ब ५० करोड चुक्ता पुँजीसहित स्थापना भएको बैंकको चुक्ता पुँजी अहिले ३५ अर्ब ७७ करोड १० लाख रुपैयाँ पुगेको छ । बैंकको कुल पुँजी ५८ अर्ब ६८ करोड रुपैयाँ रहेको छ ।

बैंकले आज १७ वर्ष पूरा गरेको छ । बैंक २०६३ सालमा १८औँ वाणिज्य बैंकका रूपमा स्थापित भएको थियो ।

बैठकले २१ वटा बैंक तथा वित्तीय संस्थालाई आफूमा समाहित गरेको छ भने देश तथा विदेशमा ११ सयभन्दा बढी केन्द्रबाट सेवा प्रवाह गरिरहेको छ ।

गत वर्ष बैंक अफ काठमाण्डू  (बीओके) लाई गाँभेर अहिले ग्लोबल आईएमईआई बैंक ‘नम्बर वान बैंक’ बनेको छ । बैंक पुँजी, निक्षेप, कर्जा र शाखा सञ्जाल लगायतका आधारमा ग्लोबल देशकै ठूलो बैंक बनेको हो । यसका सबै वित्तीय सूचक पनि अब्बल छन् ।

त्रैमासमा एक अर्ब २२ करोड नाफा


चालु आर्थिक वर्ष २०८० / ०८१ को पहिलो त्रैमाससम्ममा बैंकले एक अर्ब २२ करोड ५७ लाख ५४ हजार रुपैयाँ नाफा कमाएको छ । गत आवको पहिलो त्रैमासमा बैंकको नाफा एक अर्ब १८ करोड ९५ लाख ४५ हजार रुपैयाँ थियो । यस अवधिमा बैंकको व्यवसाय विस्तार, ब्याज आम्दानी, सञ्चालन खर्च र खुद शुल्क तथा कमिसन आम्दानी बढेको छ ।

पहिलो त्रैमासमा बैंकको खुद ब्याज आम्दानी चार अर्ब ८० करोड रुपैयाँ पुगेको छ । गत वर्ष यो आँकडा तीन अर्ब २० करोड रुपैयाँ थियो । यस अवधिमा बैंकको सञ्चालन आम्दानी पनि गत वर्षको तुलनामा ७८ करोड रुपैयाँले बढेको छ ।

गत वर्षको यस अवधिमा बैंकले तीन अर्ब १४ करोड सञ्चालन आम्दानी गरेकोमा चालु आर्थिक वर्षको समीक्षा अवधिमा तीन अर्ब ९ अर्ब ९२ करोड रुपैयाँ गरेको बताएको छ ।

वितरणयोग्य मुनाफा तीन अर्ब ३२ करोड


असोज मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा तीन अर्ब ३२ करोड ३३ लाख रुपैयाँ रहेको छ । प्रतिसेयर वितरणयोग्य मुनाफा ९ रुपैयाँ ९६ पैसा रहेको छ । बैंकले जगेडा कोषमा २४ अर्ब ४३ करोड रुपैयाँ सञ्चित रहेको बताएको छ ।

पछिल्लो तीन महिनामा निक्षेप ३।९१ प्रतिशत र कर्जा ०.२७ प्रतिशत बढेको बैंकले जनाएको छ ।

सबैभन्दा धेरै कर तिर्ने बैंक

नेपालको बैंकिङ इतिहासमै गत वर्ष सबैभन्दा धेरै कर तिरेको छ । आर्थिक वर्ष २०७८ \ ७९ मा तीन अर्ब २० करोड रुपैयाँ कर तिर्दै सबैभन्दा बढी कर दाखिला गर्ने संस्थाका रूपमा बैंकले नेपाल सरकारबाट सम्मान पाएको छ । बैंकले गत आर्थिक वर्षमा सात अर्ब २५ करोड रुपैयाँ नाफा कमाएको छ ।

ग्लोबल आईएमईआई बैंकका ७७ वटै जिल्लामा ३५५ शाखा, ३७९ एटीएम, ३७४ शाखारहित बैंकिङ इकाइ, ६५ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टरका साथै बेलायतको लन्डन, भारतको नयाँदिल्ली र अस्ट्रेलियाको सिड्नीमा गरी तीनवटा वैदेशिक सम्पर्क कार्यालय छन् । १२ वर्ष लाभांश बाँडेको बैंकले सबैभन्दा धेरै २५ \ ५० प्रतिशत लाभांश आर्थिक वर्ष २०७५ \ ७६ मा बाँडेको थियो ।

१२ वर्षे लाभांश इतिहास


बैंकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई ९ प्रतिशत लाभांश वितरण गरेको छ । जसमा एक प्रतिशत बोनस र कर प्रयोजनका लागि आठ प्रतिशत नगद लाभांश रहेको छ । बैंकले १२ वर्षको अवधिमा सबैभन्दा धेरै २५ \ ५० प्रतिशत लाभांश आर्थिक वर्ष २०७५ \ ०७६ मा बाँडेको थियो ।

आर्थिक वर्ष २०७५ \ ०७६ मा बैंकले १२।७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १२. ७५ प्रतिशत नै नगद लाभांश वितरण गरेको थियो ।

बैंकले आर्थिक वर्ष २०७८ \ ०७९ मा बोनस र नगद गरी १३ प्रतिशत लाभांश वितरण गरेको थियो । त्यतिबेला बैंकले तीन प्रतिशत बोनस र कर प्रयोजनका लागि १० प्रतिशत नगद लाभांश दिएको थियो ।

आव २०६९ \ ०७० मा बैंकले लगानीकर्तालाई १५ प्रतिशत बोनस सेयर मात्रै दिएको थियो । आव २०७० \ ०७१ बैंकले आफ्ना लगानीकर्तालाई २५ प्रतिशत लाभांश वितरण गरेको थियो । जसमा २१ प्रतिशत बोनस र कर प्रयोजनका लागि चार प्रतिशत नगद लाभांश थियो ।

आर्थिक वर्ष २०७१ / ०७२ मा लगानीकर्तालाई २३ प्रतिशत बोनस सेयर मात्र वितरण गरेको थियो । बैंकले आव २०७२ / ०७३ मा बैंकले १६ प्रतिशत बोनस सेयर दिएको थियो ।

आर्थिक वर्ष २०७३ / ०७४ मा लगानीकर्तालाई नगद र बोनस १० – १० प्रतिशत गरी २० प्रतिशत लाभांश वितरण गरेको थियो । आ.व. २०७४ / ०७५ मा पनि लगानीकर्तालाई १६ प्रतिशतको दरले लाभांश वितरण गरेको थियो । आ.व. २०७६ / ०७७ मा १४ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित दुई प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

२०७७ / ०७८ मा बैंकले आफ्ना लगानीकर्तालाई १३. ५० प्रतिशत लाभांश दिएको थियो । जसमा १० प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ३.५० प्रतिशत नगद लाभांश थियो ।

बैैंकले आव २०७८ / ०७९ मा तीन प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १०. ६ प्रतिशत नगद गरी कुल १३. ६ प्रतिशत लाभांश दिएको थियो ।

०६८ सालदेखिको मर्जरको इतिहास


ग्लोबल आईएमईआई बैंकले २०६८ माघ २० गते आईएमई फाइनान्सिएल इन्स्ट्यिुटलाई मर्ज गरेको थियो । यो मर्जर बैंक तथा वित्तीय संस्थाहरुमै सबैभन्दा पहिलो मर्जर थियो ।

त्यसपछि लर्डबुद्ध फाइनान्स र सोसल डेभलपमेन्ट बैंकसँग बैंकले मर्जर सम्झौता गरेको थियो । बैंकको मर्जर यात्रा गुल्मी विकास बैंक, कमर्स एन्ड ट्रस्ट बैंक, प्यासिफिक डेभलपमेन्ट बैंक र रिलायबल विकास बैंकसम्म पुग्यो । हाथवे फाइनान्सपछि ग्लोबल आईएमईआई बैंक जनता बैंकसँग मर्जर भयो ।

नेपालको बैंकिङ इतिहासमा यस मर्जरलाई सबैभन्दा ठूलो र सफल मर्जरका मान्छि । त्यसपछि बैंक अफ काठमाडौंलाई गाँभेसँगै ग्लोबल आईएमई बैंक नेपालको नम्बर वान बैंक बनेको हो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्