दुई हाइड्रोपावर लाभांश सुरक्षित गर्ने अन्तिम दिन

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौ, १६ पुस।सोमबार विन्ध्यवासिनी हाइड्रोपावर, सुपर मादी हाइड्रोपावरको लाभांश सुरक्षीत गर्ने अन्तिम दिन रहेको छ । 

जसअनुसार विन्ध्यवासिनी हाइड्रोपावरले ५.२६% नगद लाभांश वितरण गर्ने भएको छ ।कम्पनीले गत आर्थिक वर्ष नाफाबाट उक्त लाभांश पारित गर्ने भएको छ । यस कम्पनीले पुस २६ गते साधारण सभा बोलाएको छ र यस कम्पनीको कार्यालय परिसर, नयाँ बानेश्वर काठमाडौंमा बिहान १० बजे सुरु हुनेछ । 

यसैगरी सुपर मादी हाइड्रोपावरले लगानीकर्तालाई २ प्रतिशत नगद लाभांश घोषणा गरेको छ। कम्पनीले गत वर्षको कर बाहेक नाफाबाट उक्त लाभांश वितरण गर्ने घोषणा गरेको छ । यस हाइड्रोपावरले उक्त प्रस्ताव पारित गर्न पुस २८ गते वार्षिक साधारण सभा पनि बोलाएको छ । सभा होटल इम्पेरियल बत्तिसपुतली, काठमाडौंमा बिहान ११ बजेदेखि सुरु हुनेछ । 

न्युज कारखाना
 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्