इन्धनको मूल्य भारतबाट घटबढ भएर आयो ,निगमद्धारा मूल्यमा कुनै हेरफेर नगर्ने निर्णय

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौँ, १५ पुस । इन्धनको मूल्य भारतबाट घटबढ भएर आएकाे छ । तर निगमद्धारा मूल्यमा कुनै हेरफेर नगर्ने निर्णय गरिएकाे छ ।

आज डिजेलको मूल्यमा प्रतिलिटर ०.१२ रुपैयाँ र एलपी ग्यासको मूल्यमा प्रति सिलिन्डर ०.२० रुपैयाँ घटेर आएको छ ।

काठमाडौं । भारतबाट पेट्रोलियम पदार्थको मूल्य सामान्य घटबढ भएर आएको छ । तर, नेपाल आयल निगमले अहिलेलाई नेपालमा खुद्रामा मूल्यमा कुनै हेरफेर नगर्ने निर्णय गरेको छ ।

निगमका अनुसार इन्डियन आयल कर्पोरेसनबाट आज डिजेलको मूल्यमा प्रतिलिटर ०.१२ रुपैयाँ र एलपी ग्यासको मूल्यमा प्रति सिलिन्डर ०.२० रुपैयाँ घटेर आएको छ ।

तर, पेट्रोलको मूल्यमा प्रति लिटर ०.४१ रुपैयाँ बढेर आएको छ । निगमलाई हाल एलपी ग्यासमा प्रति सिलिन्डर ३००.४१ रुपैयाँ नोक्सानी रहेको निगमले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्