सुनको मूल्य प्रतितोला २ सयले बृद्धी

खबर बुक
  • ख-
  • ख
  • ख+

११ पुस, काठमाडौं ।नेपाली बजारमा बुधबार सुनको मूल्य बढ्दा चाँदी घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन प्रतितोला २ सय रुपैयाँले बढेको तथा चाँदी १० रुपैयाँले घटेको हो।

मूल्य बढेसँगै आज छापावाल सुनको कारोबार १ लाख २० हजार ७ सय रुपैयाँमा भइरहेको छ। त्यस्तै, तेजाबी सुनको मूल्य १ लाख २० हजार १ सय रुपैयाँ कायम भएको छ। 

मंगलबार छापावाल सुन प्रतितोला १ लाख २० हजार ५ सय र तेजाबी सुन १ लाख १९ हजार ९ सय रुपैयाँमा भएको थियो।  आज नेपाली बजारमा सुनको मूल्य बढे पनि चाँदीको मूल्य घटेको महासंघको भनाइ छ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्