कालीकाेट जिल्लाका आठ पालिकामा बिजुलीकाे पहुँच विस्तार

खबर बुक
  • ख-
  • ख
  • ख+

कालीकाेट, १० पुस । कालीकाेट जिल्लाका आठ वटा पालिकामा बिजुली पुगेकाे छ ।

नाै वटा पालिका रहेकाे कालीकाेटमा पलाँता गाउँपालिकाबाहेक अरू पालिकामा बिजुलीकाे पहुँच विस्तार भएको नेपाल विद्युत् प्राधिकरण कालीकोट वितरण केन्द्र प्रमुख विमलप्रसाद साहले बताउनुभयो ।

खाँडाचक्र नगरपालिका, तिलागुफा नगरपालिका, रास्कोट नगरपालिका, नरहरिनाथ गाउँपालिका, सान्नी त्रिवेणी गाउँपालिका, पचालझरना गाउँपालिका, महावै गाउँपालिका र शुभकालिका गाउँपालिकामा बिजुलीकाे पहुँच पुगेको हो ।

आठ वटै पालिकाको केन्द्रसम्म बिजुली पुगेको भए पनि सबै वडामा भने बिजुलीकाे पहुँच पुगेकाे छैन । अहिले वडावडामा बिजुलीकाे प्रसारण लाइन जोड्ने काम भइरहेको प्रमुख साहले बताउनुभयो । 

पलाँता गाउँपालिकाको केन्द्रसम्म चालु आर्थिक वर्षभित्रै बिजुलीकाे पहुँच विस्तार गर्ने गरी काम भइरहेको प्रमुख साहको भनाइ छ ।

यहाँका २६ हजार सात सय ७९ घरधुरीमध्ये चार हजार पाँच सय घरमा बिजुलीकाे मिटर जडान गरेकाे प्रमुख साहले बताउनुभयो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्