दार्चुलाकाे मालिकार्जुन गाउँपालिकाकाे वडा नम्बर ६ बालविवाह मुक्त वडा घोषणा

खबर बुक
  • ख-
  • ख
  • ख+

दार्चुला,१० पुस । दार्चुलाकाे मालिकार्जुन गाउँपालिका–६ उकु बालविवाह मुक्त वडा घोषणा भएको छ ।

आज मङ्गलवार एक कार्यक्रमका बीच गाउँपालिकाकाे वडा नम्बर ६ लाई बालविवाह मुक्त वडा घोषणा गरिएको हो ।

‘मालिकार्जुन गाउँँपालिकाको शान : बालविवाह मुक्त गाउँपालिका हाम्रो अभियान’ भन्ने मूल नाराका साथ गाउँपालिकाकै पहिलो वडाको रूपमा उकुलाई बालविवाह मुक्त वडा घोषणा गरिएको वडा कार्यालयले जनाएको छ ।

मालिकार्जुन गाउँपालिकालाई २०८२ सालभित्र बालविवाह मुक्त पालिका बनाउने तयारी भइरहेकाे छ । स्थानीय रणनीति २०७६ लागू भएपछि मालिकार्जुनमा गुड नेभर्स इन्टरनेशनल नेपालले बालविवाह अन्त्यका लागि सचेनामूलक कार्यक्रम गर्दै आएको छ ।

पहिले पालिकामा २५ दशमलव ९६ प्रतिशत हुने बालविवाह अहिले छ प्रतिशतमा झरेको गुड नेभर्स इन्टरनेशनल नेपाल दार्चुलाका निमित्त कार्यालय प्रमुख टीकाराम चौधरीले जानकारी दिनुभयो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्