सुनको भाउ आज ६ सय रुपैयाँले बृद्धी,तोलाको १ लाख २० हजार ५ सय

खबर बुक
  • ख-
  • ख
  • ख+

१० पुस, काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको भाउ बढेको छ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन तोलामा ६ सय, तेजाबी सुन ५ सय ५० र चाँदी १० रुपैयाँले बढेको हो।

६ सय रुपैयाँ मूल्य बढेसँगै आज छापावाल सुन कारोबार तोलाको १ लाख २० हजार ५ सय रुपैयाँमा भइरहेको छ। त्यस्तै तेजाबी सुन भने तोलामा ५ सय ५० बढेर १ लाख १९ हजार ९ सय रुपैयाँ कायम भएको महासंघल जनाएको छ।

हिजो सोमबार छापावाल सुन तोलाको १ लाख १९ हजार ९ सय र तेजाबी सुन १ लाख १९ हजार ३ सय ५० रुपैयाँमा कारोबार भएको थियो।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्