८ पुस, काठमाडौं ।इङ्लिस प्रिमियर लिग फुटबलमा वेस्ट ह्यामले म्यानचेस्टर युनाईटेडलाई हराएको छ । शनिबार वेस्ट ह्यामले घरेलु मैदानमा म्यान यूलाई २–० गोल अन्तरले हराएको हो ।
यो खेलपछि म्यानचेष्टर युनाईटेड २८ अंकसहित तालिकाको आठौं स्थानमा रहदाँ वेस्ट ह्याम ३० अंकसहित छैटौं स्थानमा उक्लिएको छ ।











