राष्ट्रिय फुटबल टिमका गोलकिपर विशाल श्रेष्ठद्धारा राष्ट्रिय टिमबाट सन्यासको घोषणा

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौं , ६ पुस ।   राष्ट्रिय फुटबल टिमका गोलकिपर विशाल श्रेष्ठले राष्ट्रिय टिमबाट सन्यासको घोषणा गरेका छन् ।

नेपाल सुपर लिग एनएसएलमा चितवनबाट खेलेका उनले झापासँगको खेलपछि पत्रकारसित सन्यासको घोषणा गरेका हुन् ।

एक दशकको प्रतिक्षापछि उनले २०७८ सालको भदौमा दशरथ रंगशालमा घरेलु समर्थककमा माझ भारतसँगको खेलमा राष्ट्रिय फुटबल टिमका लागि डेब्यु गरेका थिए । राष्ट्रिय टिमका लागि त्यो नै उनको पहिलो र अन्तिम खेल हो ।

नेपाल सुपर लिग एनएसएलमा यसपालि चितवन एफसीमा मार्की खेलाडीका रुपमा आवद्ध भएका उनी कप्तान पनि हुन् । उनले पहिलो संस्करणको एनएसएलमा बुटवल–लुम्बिनी एफसीका लागि खेलेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्