शेयर बजार आज सामान्य बढयो

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाण्डौ, मंसिर । शेयर बजार आज सामान्य बढेको छ । दिनभर उतारचढाव भएको शेयर बजार परिसूचक नेप्से आज २ दशमलव ६० अङ्कले बढेर १ हजार ९ सय ८८ दशमलव ०४ विन्दुमा पुगेको छ ।

आज होटल तथा पर्यटन, बीमा र व्यापारबाहेक अरू समूहको शेयर बढेकोमा विकास बैंक, उत्पादन तथा प्रशोधन, माइक्रोफाइनान्स समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ । आज बोटलर्स नेपालको शेयर सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन कुथेरी बुखारी हाइड्रोपावरको शेयर भने साढे ५ प्रतिशतभन्दा धेरैले घटेको छ ।

आज १ करोड २० लाख कित्ता शेयर ३ अर्ब ९० करोड रुपैयाँमा कारोबार भएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्