दक्षिण अफ्रिकाले भारतलाई ५ विकेटले हरायो

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौँ, २७ मङ्सिर । दक्षिण अफ्रिकाले जारी टी-२० सिरिजको दोस्रो खेलमा भारतलाई पराजित गरेको छ ।

गएराती सम्पन्न खेलमा दक्षिण अफ्रिकाले भारतलाई डीएल मेथड अनुसार ५ विकेटले पराजित गरेको हो ।

बर्षाले प्रभावित खेलमा भारतले १५ ओभरमा दिएको १५२ रनको लक्ष्य दक्षिण अफ्रिकाले १३.५ ओभरमा ५ विकेट गुमाएर पुरा गरेको थियो ।

यसअघि भारतले पहिला ब्याटिंग गर्दै १९.३ ओभरमा ७ विकेट गुमाउदै १८० रन बनाएपछि खेल बर्षाले रोकिएको थियो । त्यसपछि खेल १५ ओभरमा घटाएर दक्षिण अफ्रिकालाई १५२ रनको लक्ष्य दिइएको थियो ।

यसअघि सिरिजको पहिलो खेल बर्षाले रद्ध भएको थियो । यो जितपछि ३ खेलको सिरिजमा दक्षिण अफ्रिका १-० ले अगाडी भएको छ ।

अब सिरिजको तेस्रो खेल विहिबार हुदै छ ।

न्युज कारखाना
  

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्