मोराटा र कोरियाको गोलमा एटलेटिको म्याड्रिड विजयी

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौँ, २५ मङ्सिर । स्पेनिस ला लिगा अन्तर्गत एटलेटिको म्याड्रिडले अल्मेरियालाई पराजित गरेको छ ।

गएराती सम्पन्न खेलमा एटलेटिको म्याड्रिडले अल्मेरियालाई २-१ गोल अन्तरले पराजित गरेको हो ।

एटलेटिको म्याड्रिडको जितमा अल्भारो मोराटा र एंगेल कोरियाले एक एक गोल गरेका थिए । त्यस्तै अल्मेरियाका लागि लिओ बाप्टिसटाओले एक गोल फर्काएका थिए ।

यो जतिपछि एटलेटिको म्याड्रिडको १५ खेलमा ३४ अंक भएको छ र लिगमा तेस्रो स्थानमा रहेको छ ।

त्यसैगरी अल्मेरियाको भने यो यस सिजनमा १३औ हार हो । १६ खेलमा केवल ४ अंक रहेको अल्मेरिया अंकतालिकामा पुछारमा छ ।

न्युज कारखाना

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्