यू-१९ एशिया कप: अफगानिस्तानले नेपाललाई दियो २६२ रनको लक्ष्य

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौँ, २४ मंसिर । एसीसी यू-१९ एशिया कप अन्तर्गतको खेलमा अफगानिस्तानले नेपाललाई २६२ रनको लक्ष्य दिएको छ ।

टस हारेर पहिला ब्याटिङ गरेको अफगानिस्तानले ४९.३ ओभरमा ९ विकेट गुमाउदै २६१ रन बनाएको हो ।

यस खेलमा शतक बनाएका जमशिद जद्रान रिटायर्ड हर्ट भएका थिए ।  अफगानिस्तानका लागि जमशिद  जद्रानले सर्बाधिक १०६ रन बनाएका थिए । त्यस्तै नुमन शाहले ६०, रहिमुल्लाह जुरमतिले ३५ रन बनाएका थिए ।

त्यसैगरी नेपाली बलर हेमन्त धामी,गुलशन झा र सुबाश भण्डारीले २-२ विकेट लिएका थिए भने आकाश चन्द र दिपेश कँडेलले एक एक विकेट लिएका थिए ।

न्युज कारखाना
 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्