काठमाडौं, २४ मंसिर ।राष्ट्र बैंकले मौद्रिक नीतिको सकरात्मक समिक्षा गरेपछि आइतबारको सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा उछाल आएपछि कारोबार खुलेको पाँच मिनेटमै बन्द भएको छ।
पहिलो पटक चार प्रतिशत सेयर सूचक तलमाथि हुँदा २० मिनेट कारोबार बन्द हुने गर्दछ। आइतबार मात्रै राष्ट्र बैंकले व्याजदर घटाउनेगरी र सेयर धितोकर्जा तथा घरजग्गा धितो कर्जाको जोखिम भारलाई घटाएर चालू आर्थिक वर्षको मौद्रिक नीतिको प्रथम त्रैमासिक समिक्षा गरेको थियो।
लामो समयदेखि निरन्तर १८ सय वरीपरी केन्द्रित भएको नेप्से सूचक आइतबार एकाएक उछाल आएको हो। दोस्रो पटक थप एक प्रतिशत बिन्दुले सेयर उकालो लागेमा फेरी ३० मिनेटका लागि सेयर कारोबार रोक्का हुन्छ। बिहीबारको तुलनामा सेयर सूचक ६ प्रतिशतले बढेमा आइतबारको पुृरै कारोबार बन्द हुनसक्छ।











