वेस्ट ह्यामसँग टोटनह्याम २-१ ले पराजित

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौँ, २२ मङ्सिर । ईङलिश प्रिमियर लिग अन्तर्गत वेस्ट ह्याम युनाइटेडले टोटनह्यामलाई स्तब्ध बनाएको छ ।

गएराती सम्पन्न खेलमा वेस्ट ह्याम युनाइटेडले टोटनह्यामलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।

खेलको ११औ मिनेटमा गोल गर्दै शुरुवाती अग्रता लिएको टोटनह्यामले आफ्नो अग्रता जोगाउन नसक्दा खेलमा हार बेहोरेको थियो । वेस्ट ह्याम पहिलो हाफमा १-० ले पछि रहेपनि दोस्रो हाफमा शानदार कमब्याक गर्दै खेल जितेको थियो ।

वेस्ट ह्यामको जितमा जारोड बोवेन र जेम्स वार्ड प्रवाउसले एक एक गोल गरेका थिए । त्यस्तै टोटनह्यामका लागि क्रिस्टियन रोमेरोले एक गोल गरेका थिए । 

यो जितपछि वेस्ट ह्यामको १५ खेलमा २४ अंक भएको छ र लिगमा नवौं स्थानमा उक्लिएको छ । त्यसैगरी टोटनह्यामको भने यो यस सिजनमा चौथो हार हो । यो खेलपछि टोटनह्यामको १५ खेलमा २७ अंक रहेको छ र लिगमा पाँचौं स्थानमा छ ।

न्युज कारखाना

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्