काठमाण्डौ, मंसिर १३ । त्रिपुरेश्वरको दशरथ रङ्गशालामा आज भएको नेपाल सुपर लिग ९एनएसएल० मा पोखरा थन्डर्स र ललितपुर सिटी एफसीबीचको खेल गोलरहित बराबरीमा सकिएको छ ।
आजको खेलमा दुवै टोलीले केही अवसर बनाए पनि गोल गर्न सकेनन् । योसँगै दुवै टोलीले १र१ अङ्क बाँडेका छन् । दुवै टोलीले आ–आफ्नो पहिलो खेल जितेका थिए । पोखराले चितवनलाई र ललितपुरले बुटवल लुम्बिनीलाई हराएको थियो । आजको बराबरीसँगै दुवै टोलीको ४/४ अङ्क भएको छ ।
प्रतियोगितामा भोलि धनगढी एफसी र बुटवल एफसीबीच खेल हुनेछ ।











