सेयर बजार २.१७ अंकले घट्यो

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौं, १२ मंसिर । सेयर बजार एकल अंकले ओरालो लागेको छ  । मंगलबार सेयर बजार २.१७ अंकले घटेर १८९४.५३ विन्दुमा पुगेर बन्द भएको छ । 

यसदिन २९० वटा कम्पनीको ४७ हजार ३३३ पटक भएको कारोबारमा ४७ लाख २७ हजार ९०२ कित्ता सेयर किनबेच हुँदा १ अर्ब २८ करोड २ लाख २८ हजार ९७१ रुपैयाँको कारोबार भएको छ । 

यसदिन १०२ कम्पनीको सेयर मूल्य उकालो लाग्दा १२७ कम्पनीको ओरालो लागेको छ भने ११ वटाको स्थिर रह्यो ।  
 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्