नेपाल सुपर लिगमा आज वीरगञ्ज युनाइटेड र धनगढी खेल्दै

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौं, १० मंसिर । नेपाल सुपर लिग (एनएसएल) मा आज एउटा खेल हुँदैछ ।

आज बेलुका साढे ५ बजे नवप्रवेशी टोली वीरगञ्ज युनाइटेड एफसी र गएकाे संस्करणको उपविजेता धनगढी एफसी खेल्ने छन् । खेल दशरथ रङ्गशालामा हुनेछ ।

अस्तिदेखि शुरु भएको एनएसएलमा साविक विजेता काठमाण्डौ रेजर्स, ललितपुर सिटी एफसी र पोखरा थन्डर्सले विजयी शुरुवात गरेका छन् । उनीहरुको तीन अङ्क छ । एनएसएलको दोस्रो संस्करणमा ९ टोली सहभागी छन् ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्