सेयर बजार ४७.७५ अंकले बढ्यो, २ अर्बभन्दा बढीको कारोबार

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौं, १० मंसिर । चालु साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारमा हरियाली छाएको छ ।

आइतबार ४७.७५ अंकले बढेको सेयर बजार १९०७.९५ विन्दुमा आएर बन्द भएको छ ।

पछिल्लो समययता उत्तारचढाप आइरहेको सेयर बजारमा आइतबार कारोबार रकमले पनि कारोबारीलाई उत्साहित बनाएको छ । यसदिन २९४ कम्पनीको ६६ हजार ५१६ पटक कारोबार हुँदा ६५ लाख ३० हजार ६४३ कित्ता सेयर किनबेच हुँदा २ अर्ब १ करोड १७ लाख ६३ हजार ३५८ रुपैयाँको कारोबार भएको छ ।

यसदिन २१४ वटा कम्पनीको सेयरमूल्य बढ्दा २३वटाको ओरालो लागेको छ भने ३वटाको स्थिर छ ।

न्युज कारखाना

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्