काठमाडौं, ९ मंशिर ।लायन्स क्लव अफ काठमाण्डाै बासुकी साथै लायन्स क्लव अफ काठमाण्डौ ग्रिनभ्याली ले अहिले न्यानो कपडा वितरण अधियान सञ्चालन गरिरहेको छ।
सोही अभियान अन्र्तगतनै क्लवले शुक्रवार एक कार्यक्रमकाे आयोजना गरेर सिन्धुपाल्चोकको इन्द्रावती २ कुन्चोकमा रहेको श्रि महेन्द्र सेकेन्डरी विधालयमा पुगेर न्याने लुगा वितरण गरेको छ ।
यस्तै कार्यक्रम स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेत को प्रमुख आथित्यमा भएको िथयाे भने कार्यक्रमको सभापतित्व सौरभ बस्नेत लाइन्स क्लब अफ काठमाडौँ बासुकी (१३१७९१ र राजेन्द्र गौतम लाइन्स क्लब अफ काठमाडौँ ग्रीन भ्याली ( १५६१७४०
गर्नु भएको थियो ।
क्लवले वर्षेनी न्यानो कपडा अभियान सञ्चालन गर्दै आएको छ । यस अभियान सफल बनाउन डिस्ट्रिक गर्भनर रमेश लामा एजेएफ, फस्ट भिडिजि सुरेन्द्र बाले पिएमजिएफ, सेकेन्ड भिडिजि महेश आचार्य एमजेएएफ साथै डिस्ट्रिक सेक्रेटेरी श्रिधर भण्डारीको प्रमुख भुमिका खेल्दै आउनु भएको थियाे ।





















