फिफा विश्वकप २०२६ को छनोटअन्तर्गत दोस्रो चरणको खेलमा नेपालले यमन र यूएईसंग खेल्ने

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौं, २० कात्तिक । फिफा विश्वकप २०२६ को छनोटअन्तर्गत दोस्रो चरणको खेलका लागि नेपाली राष्ट्रिय फूटबल टोली प्रशिक्षणमा व्यस्त भएका छन् ।

दोस्रो चरण अन्तर्गत नेपालले यमन र यूएईसंग प्रतिष्पर्धा गर्नेछ । नेपालका मुख्य प्रशिक्षक भिनसेन्जो अल्बर्टो एनेसले छनोटका खेलका लागि २६ खेलाडीलाई राखेर प्रशिक्षण गराइरहेका छन् ।

नेपालले कार्तिक ३० गते युएईसँग उसैको मैदानमा खेल्नेछ भने मंसिर ५ गते काठमाडौंको दशरथ रंगशालामा यमनसंग खेल्ने छ । नेपालका मुख्य प्रशिक्षक भिनसेन्जो अल्बर्टो एनेसले छनोटअन्तर्गत दोस्रो चरणको खेलका लागि राम्रो तयारी भइरहेको बताए ।

त्यस्तै राष्ट्रिय फुटबल टोलीका डिफेन्डर अनन्त तामाङले बन्द प्रशिक्षणमा बसेको १५–२० दिनमा तयारी राम्रो भइरहेको बताए । लाओससंग खेलेका बाहेक केहि नयाँ खेलाडीहरु टीममा रहेको र उनीहरु पनि सेट भइसकेकाले राम्रो नजिता आउने उनको विश्वास छ ।

यसअघि नेपालले प्रारम्भिक चरणमा लाओसलाई दुई लेगको खेलमा समग्र २–१ ले पराजित गर्दै दोस्रो चरणमा स्थान बनाएको हो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्