काठमाडौं, २० कात्तिक । चिनियाँ प्रविधि कम्पनी हुवावे टेक्नोलोजीज लिमिटेडले २०२३ को पहिलो त्रैमासको व्यापारिक नतिजा सार्वजनिक गरेको छ।
यस अवधिमा हुवावेले वार्षिक रुपमा २ दशमलव ४ प्रतिशतको वृद्धि र १६ प्रतिशतको खुद नाफा मार्जिनसँगै सीएनवाई ४ खर्ब ५६ अर्ब ६० करोड आम्दानी गरेको छ।
सन् २०२२ मा हुवावेले ९३ अर्ब ५० करोड डलर कारोबार गरेर ५ अर्ब २० करोड डलर खुदनाफा कमाएको थियो।
हुवावेले २०२२ मा साढे २३ अर्ब डलर वार्षिक खर्चसँगै कम्पनीको वार्षिक आम्दानीको २३.५ प्रतिशत अनुसन्धान र विकासमा आफ्नो लगानी सुदृढ गर्न जारी राखेको छ। १० वर्षमा आफ्नो कुल अनुसन्धान र विकास खर्च १ खर्ब ४२ अर्ब ३० करोड डलर बढी भएको हुवावेले जनाएको छ।











