काठमाडौं, १७ कात्तिक । वाणिज्य बैंकहरुले चालू आर्थिक वर्षको पहिलो त्रैमास (असारदेखि असोजसम्म) को वित्तीय विवरण सार्वजनिक गरेका छन् ।
जहाँ सरकारी स्वामित्व रहेको कृषि विकास बैंकको नाफा ऋणात्मक रहेको छ भने नेपाल बैंक पनि घाटामा रहेको छ ।
चालू आर्थिक वर्षको पहिलो त्रैमासमा हिमालयन बैंक, प्रभु बैंक, एनआईसी एसिया बैंक, नेपाल इन्भेष्टमेन्ट मेघा बैंक, प्राइम बैंक, एनएमबी बैंक, माछापुच्छ्रे बैंक, ग्लोबल आईएमई बैंक र स्टयान्डर्ड चार्टड बैंकले नाफा कमाएका छन् । सानिमा बैंक, सिटिजन्स बैंक, कुमारी बैंक, नेपाल बैंक, नबिल बैंक, एभरेष्ट बैंक, नेपाल एसबीआई बैंक लक्ष्मी सनराइज् बैंक, सिद्धार्थ बैंक र कृषि विकास बैंकले घाटा व्यहोरेका छन् ।











