सुनको मूल्य तोलामा २ सय बढ्यो

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौं, १७ कार्तिक ।स्थानीय बजारमा सुनको मूल्य शुक्रबार पनि बढेको छ। बिहिबार प्रतितोला ७ सय रुपैयाँ बढेको सुन शुक्रबार फेरि २ सय रुपैयाँले बढेको हो।

मूल्य बढेपछि आज छापवाल सुनको कारोबार एक लाख १५ हजार ९ सय रुपैयाँमा भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। त्यस्तै तेजावी सुन प्रतितोला एक लाख १५ हजार ३५० रुपैयाँ निर्धारण भएको छ।

बिहीबार छापावाल सुन एक लाख १५ हजार ७ सय र तेजावी सुन एक लाख १५ हजार १५० रुपैयाँ थियो।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्