काठमाडौं, १४ कात्तिक । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आज पाकिस्तान र बङ्लादेश खेल्दैछन् ।
खेल नेपाली समयअनुसार दिउँसो सवा दुई बजे कोलकाताको इडेन गार्डेनमा हुनेछ।
६ वटा खेल खेलेकाेमा दुई वटामा मात्रै विजयी भएकाे पाकिस्तानकाे चार अङ्कमात्रै रहेकाे छ । तालिकामा पाकिस्तान सातौँ स्थानमा छ ।
यस्तै, एक खेलमा मात्रै जित निकालेकाे बङ्लादेश तालिकाकाे नवाैँ स्थानमा छ ।
आयोजक भारत ६ वटै खेल जितेर १२ अङ्ककासाथ तालिकाको पहिलो स्थानमा रहेको छ । ६ खेलमा पाँच वटामा जित र एउटामा हार बेहाेरेकाे दक्षिण अफ्रिका १० अङ्कसहित दोस्रो स्थानमा रहेको छ।
आजको खेलसहित पाकिस्तान र बङ्लादेशले तीन खेल खेल्न बाँकी रहेको छ।











