त्रिदेशीय टी–२० शृङ्खलामा नेपालद्धारा यूएईलाई १ सय ६३ रनकाे लक्ष्य प्रस्तुत

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौं, १० कार्तिक । त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा नेपालले यूएईलाई १ सय ६३ रनकाे लक्ष्य दिएकाे छ ।

त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङकाे निम्ताे पाएकाे नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ६२ रन बनायाे । नेपालका कुशल भुर्तेलले अर्धशतक बनाए ।

उनी २९ बलमा ५० रन बनाएर आउट भए । यस्तै करण केसीले २३, दीपेन्द्रसिंह ऐरीले २०, कप्तान राेहित पाैडेलले १८ रन जाेडे । बलिङतर्फ यूएईका आयन अफजल खानले ३ तथा अली नसीर र जहूर खानले २/२ विकेट लिए ।

आईसीसी टी–२० विश्वकप छनोटको तयारी स्वरूप नेपाल क्रिकेट सङ्घ (क्यान) ले त्रिदेशीय टी–२० क्रिकेट शृङ्खलाको आयोजना गरेको हो । शृङ्खलामा नेपाल, यूएई र हङकङ छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्