विश्वकप क्रिकेटमा आज पाकिस्तान र दक्षिण अफ्रिका खेल्दै

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौं, १० कार्तिक । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आज शुक्रवार पाकिस्तान र दक्षिण अफ्रिका खेल्दैछन् । खेल दिउँसाे सवा २ बजे चेन्नईमा हुनेछ ।

दक्षिण अफ्रिका ५ खेलमा ४ खेल जित्दै तालिकाकाे दाेस्राे स्थानमा छ । पाकिस्तान उति नै खेलमा २ खेल जित्दै तालिकाकाे छैटाैँ स्थानमा छ । दक्षिण अफ्रिकाले पछिल्लाे ३ खेलमा २ मा जित र १ मा हार बेहाेरेकाे छ । पाकिस्तानले पछिल्लाे ३ खेलमा ३ वटैमा हार बेहाेरेकाे छ ।

एकदिवसीय विश्वकपमा यी २ टाेलीबीच ५ वटा खेल हुँदा दक्षिण अफ्रिका ३ र पाकिस्तान २ खेलमा विजयी भएकाे छ । एकदिवसीय क्रिकेटमा यी २ टाेलीबीच ८२ वटा खेल हुँदा दक्षिण अफ्रिका ५१ र पाकिस्तान ३० खेलमा विजयी भएकाे छ । यस्तै १ खेल नतिजाविहीन छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्