काठमाण्डौ, कार्तिक ४ । हङकङलाई हराउँदै नेपाल त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ । नेपालले हङकङलाई ७९ रनले हरायो ।
नेपालले दिएको २ सय १४ रनको विशाल लक्ष्य पछ्याएको हङकङले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ३४ रन बनायो । यो खेल जित्दै नेपाल १ खेलअघि नै फाइनल पुगेको हो । फाइनल खेल आउँदो शुक्रवार हुनेछ ।
अब नेपालले अन्तिम खेलमा आउँदो सोमवार यूएईसँग खेल्नेछ । यसअघि बिहीवार भएको हङकङसँगकै खेलमा नेपाल ६ विकेटले र बुधवार भएको यूएईसँगको खेलमा ७ विकेटले विजयी भएको थियो ।











