सहुलियतमा बिक्री गर्ने खसी, बोका र च्याङ्‍ग्राको मूल्य तोकियो

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौं , २९ असोज । सरकारले सहुलियत मूल्यमा बिक्री गर्ने खसी, बोका र चाङ्ग्राको मूल्य तोकेको छ ।

३० असोजदेखि बिक्री गर्ने गरी जिउँदो खसी–बोका र चाङ्ग्राको प्रतिकेजी मूल्य निर्धारण गरिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार जिउँदो खसी–बोकाको प्रतिकेजी मूल्य ६८० रुपैयाँ र जिउँदो चाङ्ग्राको प्रतिकेजी मूल्य १ हजार २६० रुपैयाँ तोकिएको छ । उक्त मूल्यमा प्रतिकेजी १० रुपैयाँ छुट पाइने छ ।

कम्पनीले देशका विभिन्न स्थानबाट एक हजार च्याङ्ग्रा र २ हजार खसीबोका काठमाडौं भित्र्याएको छ ।

काठमाडौंको थापाथलीस्थित कम्पनीको प्रादेशिक कार्यालयबाट ३० असोज बिहान ८ बजेदेखि हुनेछ खसी, बोका र च्याङ्ग्राको बिक्री वितरण हुने कम्पनीले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्