एकदिवसीय विश्वकपमा भारतसँग पाकिस्तान ७ विकेटले पराजित

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौं, असोज २७ । काठमाडौं । आईसीसी एकदिवसीय विश्वकपमा भारतले पाकिस्तानलाई ७ विकेटले पराजित भएको छ ।

अहमदाबादमा टस जितेर पहिले फिल्डिङ गरेको भारतले पाकिस्तानलाई १९१ रनमा अलआउट गरेको थियो ।  १९२ रनको लक्ष्य भारतले ३० दशमलव ३ ओभरमा ३ जम्मा तीन विकेट गुमाएर पुरा गर्यो । भारतको जितमा कप्तान रोहित शर्माले ८६ रनको पारि खेले । ६३ बल खेलेका उनले ६ छक्का र ६ चौका प्रहार गरे ।

यस्तै श्रेयस अय्यरले नट आउट ५२ रन बनाए । विराट कोहली र शुभमन गिल १६ १६ रनमा आउट भए । केएल राहुलले १९ रन बनाए । पाकिस्तनका लागि शाहीन शाह अफ्रिदीले २ विकेट लिए । यस्तै हसन अलिले १ विकेट लिए । यसअघि पाकिस्तानका लागि बाबर आजमले ५० रन र मोहमद रिजवानले ४९ रन बनाएका थिए ।

इमाम उल हकले ३६ र अब्दुल्लाह सफिकले २० रन बनाएका थिए भने हसन अलीले १२ रन जोड्नुबाहेक अन्य खेलाडीले दोहोर स्कोर बनाउन सकेनन् ।

भारतका जसप्रीत बुम्राहा, मोहमद सिराज, हार्दिक पाण्डेया, कुलदीप यादव र रबिन्द्र जडेजाले समान दुई दुई विकेट लिएका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्