एजेन्सी। विश्व बजारमा कच्चा तेलको मूल्य बढिरहेको छ। साउदी अरेबिया, रसिया र ओपेक प्लसका मुख्य शक्तिहरूद्वारा लगाएको कडा कटौतीका कारण विश्व बजारमा तेलको मूल्य बढाउन सहयोग गरेको छ।
ब्रेण्ड क्रुडमा कच्चा तेलको भाउ बढेर प्रतिब्यारेल ९७.३५ पुगेको छ। ओपेक प्लस तेल आपूर्ति कटौती गर्न सफल भएको छ। गत जुनदेखि कच्चा तेलको भाउ ब्यारेलमा ३० प्रतिशत बढेको छ।
अहिले कच्चा तेलको भाउ ब्यारेलको १ सय डलर आसपासमा घुमिरहेको छ। रूस र साउदी अरेबियाको हालैको तेल कटौती घोषणाले डरलाग्दो अवस्था सिर्जना गरेको छ। उनीहरूको स्वैच्छिक उत्पादन कटौती विस्तार गर्न चाहन्छन्।











