देश र जनतालाई भड्खालोमा हाल्न उद्धत देखिन थालेको देखिन्छ गभर्नर – नन्दी केसर पौडेल

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौं, असोज ९ ।  वर्तमान अवस्थामा हेर्दा नेपालको अर्थतन्त्र धेरै नै खस्किएको अबस्थामा देखिन्छ ।आन्तरिक कर तथा राजश्व संकलन बाट धानिने गरी कारोबार भयको देखिँदैन । आयातमा लगाईएको कर र रेमिटेन्स बाट आएको आय बाट तिन तहको सरकार धान्न सक्ने अबस्था नै छैन। यति हुँदाँ हुँदै पनि देश अनुसारको अर्थनीति अबलम्बन गर्नु पर्ने मा ठुला ठुला सिद्दान्त र आदर्शका कुरा गरेर देश र जनतालाई भड्खालोमा हाल्न उद्धत देखिन थालेको देखिन्छ गभर्नर ।

यस्तो चुनौतिको चाङ् माथि आउने देशको अर्थ सचिवले कम्तीमा निम्नानुसारका बिषयबस्तु माथि बिशेष ध्यान दिएर सम्बोधन गरीदिएको खण्डमा भने निरास जनतामा केही मात्रामा आशा पलाउने थियो । राष्ट्र बैंकको निति कै कारण अर्थतन्त्र खुम्चिएको देखिन्छ । गभर्नर आफूलाई बिद्वान ठान्ने । अर्थमन्त्री मुकदर्शक बन्ने ।अनि कसरी सुद्रिन्छ अर्थतन्त्र रु गभर्नर कै कारण ब्याजदर यति माथि आयको हो। हो बैंक फाईदा मा चल्नुपर्छ किनकी जनताको पैसा हुन्छ ।सुरक्षा दिने काम राष्ट्र बैंकको हो तर ब्याजदर यति धेरै पुर्याउनु हुँदैन थियो ।सामान्यतया मुद्रा स्मृती आसपासमा ब्याजदर हुनुपर्छ । बिद्धान गभर्नर किन बैंक पोस्ने काममा उद्धतरु उधोगी, ब्यापारी ,शेयर कारोबारी सबै सबै मर्कामा परेका छन् ,केबल राष्ट्र बैंकको अंकुश का कारण । अर्थतन्त्र चलायमान भयो भने मात्र देशको राजश्व संकलन मा बृद्धि हुने हो। यसमा आम जनताले सरकार र गभर्नर दुबैलाई दोषी देखेका छन् । त्यसैले जनताले आउनु हुने अर्थ सचिबबाट सरकार र राष्ट्र बैंकलाई समन्वय गरी आशा जगाउने काम गर्नु हुनेछ भन्ने अपेक्षा गरेका छन् ।

१. बैकहरूले ब्याजदर घटाउन राष्ट्र बैकको नियमले नै रोकेको छ । बैकहरूले निक्षेप प्रतिस्पर्धी बैकले खोस्छ भन्ने डरका कारण घटाउन समस्या भयो भन्छन्। यसमा राष्ट्र बैंकको नियमहरू जस्तै बचत र मुद्दति निक्षेपको ब्याज अन्तर ५ प्रतिशत हुनै पर्ने, महिना दिनमा मात्र ब्याज परिवर्तन गर्न पाउने नियमहरू बाधक छन् । त्यसैले राष्ट्र बैंकको ब्याजदर सम्बन्धका सवै निर्देशनहरू खारेज गर्नुपर्नेहुन्छ ।

२. शेयर धितो कर्जा मध्ये ब्यक्तिले लिने कर्जा हालको १२ करोड सिमा बढाएर २०र२५ करोड पुर्याउने र संस्थाको हकमा कर्जा सिमा लाग्ने ब्यवस्था खारेज गर्ने । संस्थाले लिने कर्जाको जोखिम भार १५० बाट १०० मा झार्ने । यसले शेयर बजार ब्यवस्थित र बलियो बनाउछ र नियमनमा सहजता आउछ । शेयर कारोबार गर्ने कम्पनिहरूले तिर्ने करमा ब्यक्तिको तुलनामा भारि बृद्धि हुन्छ । यसो गर्दा यो क्षेत्रमा बढी कर्जा जाला भनेर आत्तिनु पर्दैन । किन भने ऋण लिने कम्पनिको संख्या नै अत्यन्त कम छन् । हाल बैकिङ्ग प्रणालि शेयर धितोमा ७५ अर्व जति ऋण गएको छ । त्यसमा २०र२५ अर्व थपिएर १ खर्व जति पुग्ला, जवकि ३२०० को ष्लमभह मा पनि जम्मा १०५ अर्व जति थियो । त्यो समयमा नेपालको बैकिङ्ग प्रणालिमा कर्जाको कष्शभ नै ३५र३६ खर्व थियो । अहिले प्रणालिमा कर्जाको कष्शभ नै ४८ खर्व माथि छ ।

३. धितोपत्र बोर्डले खराव कम्पनि हरूलाई दिनेगरेको क्ष्एइ, प्रिरिमियमा क्ष्एइ निश्काशन, हाईडो लगाएत खराव कम्पनिहरूलाई दिएको हकप्रद निश्काशन तत्काल बन्द गर्न पर्यो । यसवाट सर्वसाधारण ठगिई रकेका छन् । नियमकले नै जनता ठगाउन भए न नि ।

४.  घरजग्गा धितो मूल्यांकन मा दिईने कर्जा सिमा एकैचोटी कटौती गरी ३०५ मा झार्दा अर्थतन्त्र खुम्चिन पुगेको छ यसलाई कम्तीमा ५०५ सम्म पुर्याउनु पर्दछ ।
हुन त म त्यस्तो जानिफकार त हैन लागेको कुरा सिधा हिसाबले राख्न मात्र खोजेको हो। सोझो मानिसको सिधा कुरा भन्छन् । यस्मा गभर्नर को ध्यानाकर्षण मात्र गराउन खोजेको हो। यदि न हुँदो थियो त पहिला यी निति नियम किन थिएरु पहिलाका गभर्नरको ज्ञान नै थिएन त ?

नियन्त्रणका नाममा यति धेरै अंकुश लगाएर हरेक क्षेत्रमा तहस नहस भयको छ। आफूलाई अनुकूल लाग्यो अलि खुकुलो गराउने लागेन मापदण्ड भन्ने गभर्नरको चौतर्फी आलोचना भयको पाईन्छ ।अर्थसचिवले नै प्रतिनिधित्व गर्ने राष्ट्र बैंकको सञ्चालक समितिले लिएका निर्णयहरु पनि अर्थतन्त्र समस्यामा पर्नुको कारक बनेका छन्। अर्थमन्त्री र गभर्नरलाई समन्वय गरी राष्ट्र बैंकको बोर्डमा कुरा राख्न सक्ने हैसियत अर्थ सचिब ले राख्नु पर्दछ । राष्ट्र बैंकको बोर्डमा चित्त नबुझे नोट अफ डिसेन्ट लेख्न पछि पर्नु हुँदैन। अर्थ सचिवले सन्तुलित भूमिका निर्वाह गर्न नसक्दा आजको अवस्था आएको हो ।

यी तमाम बिषयबस्तु माथि नयाँ आउने अर्थ सचिब को ध्यानाकर्षण हवस् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्