मैत्रीपूर्ण फुटबलमा नेपाल म्यानमारसँग १–० गाेलले पराजित

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौं, २५ भदौ । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपाली राष्ट्रिय फुटबल टाेली म्यानमारसँग पराजित भएकाे छ ।

आज साेमवार म्यानमारकाे याङ्गाेनमा रहेकाे थुवुना रङ्गशालामा भएकाे दाेस्राे मैत्रीपूर्ण खेलमा नेपाल घरेलु टाेलीसँग १–० गाेलले पराजित भयाे ।

म्यानमारका लागि विन नाइन तुनले खेलकाे ८६ औँ मिनेटमा गाेल गरे । यसअघि शुक्रवार भएकाे पहिलाे खेलमा दुवै टाेलीले गाेलरहित बराबर खेलेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्