नेपालले तेस्रो विकेट गुमायो

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौं, १३ भदौ ।  नेपालले एसिया कपमा पाकिस्तानविरुद्ध खराब सुरुवात गरेको छ । नेपालले दोस्रो ओभरमा नै तीन विकेट गुमाएको हो ।

आसिफ शेख ५ रन बनाएर नसिम शाहको बलमा क्याच आट भए । यसअघि शाहिन शाह अफ्रिदीले दुई विकेट लिएका थिए । कुशल भुर्तेल ८ रन बनाएर मोहम्मद रिजवानबाट क्याच आउट भए भने कप्तान रोहित पौडेल पहिलो बलमा नै एलबीडब्लू आउट भए ।

यसअघि कप्तान बाबर आजमको शानदार शतकको मद्दतले पाकिस्तानले नेपालसामु ३ सय ४३ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ । मुल्तानमा भएको खेलमा पाकिस्तानले ६ विकेटको क्षतिमा ३ सय ४२ रन बनाएको हो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्