छोटी भन्सार कार्यालय बिहुल–४ बेल्ही भन्सार कार्यालय सहयोगीका भरमा

खबर बुक
  • ख-
  • ख
  • ख+

नेपाल–भारत अन्तर्राष्ट्रिय सीमानाकामा राजस्व उठाउने बलान बिहुल–४ बेल्हीस्थित छोटी भन्सार कार्यालय दुई कार्यालय सहयोगीका भरमा सञ्चालन हुँदै आइरहेको छ।

उक्त कार्यालयमा कार्यालय सहयोगी जोगिन्द्र यादव र खडकबहादुर कार्की कार्यरत छन् भने जिल्लाकै डाक्नेश्वरी नगरपालिकामा रहेको पातो छोटी भन्सार कार्यालय पनि कार्यालय सहयोगीका भरमा सञ्चालन भइरहेको छ। उक्त दुवै भन्सार कार्यालय राजविराज भन्सार कार्यालय मातहतमा छन्।

बेल्ही छोटी भन्सार कार्यालयले आर्थिक वर्ष २०७९/८० मा १६ लाख २६ हजार १ सय ८३ रुपैयाँ राजस्व संकलन गरेको छ।उक्त कार्यालयमा नायब सुब्बाको दरबन्दी भए पनि दरबन्दीका कर्मचारी नबस्ने भएपछि राजस्व संकलनमा पनि कमी आएको छ।

कर्मचारी अभावमा राजस्व संकलनमा ह्रास

वार्षिक करोडौँ राजस्व संकलन हुने सप्तरी तिलाठी कोइलाडी गाउँपालिका–१ तिलाठीस्थित राजविराज भन्सार कार्यालयमा पनि लामो समयदेखि कर्मचारीको अभाव हुँदै आएको छ।

कर्मचारी अभावका कारण उक्त कार्यालयले आफ्नो वार्षिक लक्ष्य पूरा गर्न सकेको छैन। राजस्व संकलनमा बर्सेनि ह्रास हुँदै आएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्