३ भदौ, काठमाडौं । लिओनल मेसीको प्रेरणादाणी प्रदर्शनमा अमेरिकन क्लब इन्टर मियामीले पहिलो उपाधि जितेको छ । आइतबार बिहान भएको लिग्स कपको फाइनलमा नासभिल एससीलाई पेनाल्टीसुटआउटमा पराजित गर्दै इन्टर मियामी च्याम्पियन बनेको हो ।
निर्धारित समयको खेल १-१ को बराबरीमा सकिएपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको थियो ।टाइब्रेकरमा पनि खेल बराबरी भए पछि खेलको निर्णय सडन डेथबाट लिईएको थियो ।











