एसिया रग्बी भाेलीबाट, नेपालले पहिलो खेल भारतसँग

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौं, १ भदाै। नेपालमा भाेलीबाट रग्बी यू-२० सेभेन्सको तयारि पुरा भएको संघले बताएको छ ।

एसिया रग्वीको आयोजना र नेपाल रग्वी संघको व्यवस्थापनामा भाेलीबाट प्रतियोगिता हुदैछ ।

प्रतियोगिता भाेली र आइतबार गरि दुई दिनसम्म चल्नेछ ।

प्रतियोगितामा पुरुष र महिलामा गरि नेपालसहित आठ टिमको सहभागीता रहने छ ।

प्रतियोगितामा नेपालसहित भारत,थाईल्यान्ड, मलेसिया, चाइनिज ताइपेइ, उज्वेकिस्तान र हङकङ सहभागीता रहनेछ।

पुरुष तर्फ नेपालसहित भारत,थाईल्यान्ड, मलेसिया, चाइनिज ताइपेइ, उज्वेकिस्तान र हङकङ सहभागीता रहनेछ ।

महिला तर्फ भने नेपालसहित थाईल्यान्ड, मलेसिय र हङकङको सहभागीता रहनेछ ।

उद्घाटन खेलमा भोलि पुरुषतर्फ नेपालले भारतको सामना गर्नेछ । महिला तर्फ भने नेपालले हङकङको सामना गर्ने छ ।

यस खेलमा करीव २ सय जना विदेशी खेलाडी र २५ जना खेल निर्णायकको सहभागिता हुने संघले जानकारि दिएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्