युनिभर्सल पावरले बढायो नाफा, इपीएस कति ?

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौ, ३१ साउन । युनिभर्सल पावरले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

यस अवधिसम्ममा कम्पनीले ६ करोड ८१ लाख रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ । यो नाफा अघिल्लो वर्षको भन्दा ३३९.०३ प्रतिशतले धेरै हो । अघिल्लो वर्ष यसले १ करोड ३६ लाख रुपैयाँ नाफा कमाएको थियो ।

असार मसान्तसम्ममा कम्पनीको कुल आम्दानी १८ करोड ९९ लाख रुपैयाँबाट बढेर ३४ करोड ४६ लाख रुपैयाँ पुगेको छ । कुल आम्दानी बढ्दा मुनाफा पनि बढेको हो । हाल युनिभर्सलको चुक्ता पुँजी २ अर्ब १० करोड ३ लाख ५० हजार रुपैयाँ रहको छ ।

जगेडा कोषमा २६ करोड ६ लाख रुपैयाँ जम्मा रहेको छ । यसको प्रतिसेयर आम्दानी ३ रुपैयाँ ३४ पैसा (वार्षिक) र प्रतिसेयर नेटवर्थ ११२ रुपैयाँ ४१ पैसा छ  ।

न्युज कारखाना

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्