भुटानको पारोलाई हराउँदै नेपालको मच्छिन्द्र एएफसी कप छनोटको दोस्रो चरणमा

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौं, २३ साउन । भुटानको पारो एफसीलाई ३-२ गोलले हराउँदै नेपालको मच्छिन्द्र क्लब एएफसी कप छनोटको दोस्रो चरण पुगेको छ ।

दशरथ रंगशालामा मंगलबार साँझ भएको खेलमा भुटानले सुरुवाती अग्रता लिए पनि त्यसपछि मच्छिन्द्रले लगातार तीन गोल गरेको थियो । मच्छिन्द्रका विमल घर्तीमगर, आयुष घलान र अफिज ओलाडिपोले एक एक गोल गरे ।

खेलमा सुरुवाती अग्रता भुटानी क्लबले लिएको थियो । पारोका काजु होम्माले सातौं मिनेटमा अग्रता दिलाएका थिए । तर, विमलले १२औं मिनेटमा खेल बराबरीमा ल्याए । त्यसपछि आयुषले १५ र अफिजले ३८औं मिनेटमा गोल गरेका हुन् ।

पारोका इभान्स असान्तेले ७१औं मिनेटमा गोल फर्काउँदै टोलीको पुनरागमन प्रयास गरेका थिए । मच्छिन्द्रले दोस्रो चरणमा अब भारतको मोहन बगानसँग खेल्नेछ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्