माेरक्काेलाई हराउँदै फ्रान्स महिला विश्वकप फुटबलकाे क्वाटरफाइनलमा

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौं, २३ साउन ।  माेरक्काेलाई हराउँदै फ्रान्स फिफा महिला विश्वकप फुटबलकाे क्वाटरफाइनलमा पुगेकाे छ ।

आज मङ्गलवार अस्ट्रेलियाकाे हिन्दमार्श स्टेडियममा भएकाे खेलमा फ्रान्सले माेरक्काेलाई ४–० गाेलले हरायाे । पहिलाे हाफमा ३ गाेल गरेकाे फ्रान्सले दाेस्राे हाफमा १ गाेल थप्याे । फ्रान्सका लागि यूजिनी ले साेमेरले २ तथा कदिदियाताे दियानी र केन्जा डलीले १/१ गाेल गरिन् ।

याे खेलसँगै अन्तिम ८ मा पुग्ने सबै टोलीको टुङ्गो लागेकाे छ । आयोजक अस्ट्रेलियासहित इङ्ग्ल्यान्ड, स्विडेन, नेदरल्यान्ड्स, जापान र स्पेन यसअघि नै क्वाटरफाइनलमा पुगिसकेका छन् । क्वाटरफाइनलका खेल आउँदाे शुक्रवारदेखि शुरु हुनेछ ।

क्वाटरफाइनलमा स्पेनले नेदरल्यान्ड्स, जापानले स्विडेन, अस्ट्रेलियाले फ्रान्स र इङ्ग्ल्यान्डले काेलम्बियासँग खेल्नेछ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्