राष्ट्र बैंकले ३ वटा वाणिज्य बैंकलाई कारबाही गर्‍याे

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौं, २२ साउन । ३ वाणिज्य बैंकलाई राष्ट्र बैंकले कारबाही गरेको छ । विभिन्न मापदण्ड पूरा नगर्दा प्राइम कमर्सियल बैंक, कुमारी र हिमालयन बैंक कारबाहीमा परेका हुन् ।

कर्जा नोक्सानी व्यवस्था कायम नगरेको तथा पुँजी पर्याप्तता फ्रेमवर्क अनुसार जोखिम भारित सम्पत्ति गणना गर्दा वास्तविकभन्दा कम गरेको तथा प्रिमियम दर बढाई ब्याज असुल गरेकाले प्राइम कमर्सियल बैंकका प्रमुख कार्यकारी अधिृकतलाई सचेत गराइएको राष्ट्र बैंकले जनाएको छ ।

त्यस्तै माघ महिनामा कर्जा/निक्षेप अनुपात कायम नगरेकोमा कुमारी बैंकलाई ५९ लाख ६३ हजार रुपैयाँ जरिवाना गरिएको छ । हिमालयन बैंकले पनि कात्तिक महिनामा सोही अनुपात कायम नगरेका कारण १ करोड ३९ लाख रुपैयाँ जरिवाना गराइएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्