नयाँ बैंक खोल्ने तयारीमा राष्ट्र बैंक, यस्तो हुनेछ ‘मोडालिटी’

खबर बुक
  • ख-
  • ख
  • ख+

दिलु कार्की, १९ साउन, काठमाडौं ।नेपाल राष्ट्र बैंकले नयाँ बैंक खोल्ने प्रक्रिया अगाडि बढाएको छ। केन्द्रीय बैंकले प्रादेशिक संरचनाअनुसार वित्तीय संस्था सञ्चालनमा ल्याउने प्रक्रिया अघि बढाएको हो।

राष्ट्र बैंकबाट अनुमति लिएर बैंकिङ व्यवसाय गर्ने संस्थामा अहिले ‘क’ वर्गका वाणिज्य बैंक २०, ‘ख’ वर्गका १७ विकास बैंक, ‘ग’ वर्गको १७ वित्त कम्पनी र ‘घ’ वर्गका ५७ लघुवित्त वित्तीय संस्था छन्।

यी बैंक तथा वित्तीय संस्थाले राष्ट्रियस्तरदेखि क्षेत्रीयस्तरले बैंकिङ सेवा प्रवाह गर्छन्। राष्ट्र बैंकले ल्याउन खोजेको नयाँ बैंक उल्लिखित वर्गअन्तर्गतको भने होइन।

केन्द्रीय बैंकले ल्याउन खोजेको प्रादेशिक बैंकको अवधारणा संविधानमै छ। प्रदेशहरूले पनि वित्तीय संस्था खोल्न पाउने संवैधानिक प्रावधान हो। संविधानमा प्रादेशिक संरचनामा बैंक खोल्ने भनिएको छ।

संविधानको सोही अवधारणालाई मूर्तरूप दिन केन्द्रीय बैंकले गत वर्षदेखि नै काम सुरु गरेको थियो। राष्ट्र बैंक आर्थिक अनुसन्धान विभागले प्रादेशिक बैंकबारे नीतिगत व्यवस्था गर्न अध्ययन सम्पन्न गरी आवश्यक छलफल अघि बढाइसकेको राष्ट्र बैंक डेपुटी गभर्नर डा. निलम ढुंगाना (तिम्सिना) ले जानकारी दिइन्।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्