काठमाडौं , साउन १७ । प्रभु बैंक लिमिटेड र भीजी इम्पेक्स प्रालि बीच विद्युतीय सवारी साधनमा कर्जा लगानी सम्बन्धी सम्झौता भएको छ ।
सम्झौतापत्रमा बैंकका प्रमुख व्यापार अधिकृत रेनुप्रसाद पाण्डे र भीजी इम्पेक्सका उपाध्यक्ष रुपेश शर्मा भट्टले हस्ताक्षर गर्नुभएको छ ।
सम्झौता अनुसार बैंकका ग्राहकले भीजी इम्पेक्सबाट आयात गरिएको इलेक्ट्रिक गाडी खरिद गर्दा छिटो, छरितो र सहजताका साथ प्रतिस्पर्धी व्याजदरमा सवारी साधन कर्जा प्राप्त गर्न सक्ने छन् ।
हाल बैंकको देशभर रहेको ३०१ शाखाबाट नै कर्जा सुबिधा उपलब्ध हुने बैंकले जनाएको छ ।











