६०० रुपैयाँले घट्यो सुनको भाउ

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौ, १७ साउन । बुधबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ प्रतितोला ६ सय रुपैयाँ र चाँदी १५ रुपैयाँले घटेको हो ।

यसअघि प्रतितोला १ लाख १३ हजार रुपैयाँ रहेको छापावाल सुनको मुल्य आज १ लाख १२ हजार ४ सय रुपैयाँमा झरेको छ । भने १ लाख १२ हजार ४ सय ५० रुपैयाँ रहेको तेजावी सुन आज १ लाख ११ हजार ८ सय ५० रुपैयाँ रहेको छ ।

त्यस्तै, यसअघि प्रतितोला १ हजार ४ सय ७५ रुपैयाँ रहेको चाँदीलाई आज १ हजार ४ सय ६० रुपैयाँ पर्ने महासङ्घले जनाएको छ ।

न्युज कारखाना

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्